हराएको कुकुर फिर्ता दिनेलाई घर र जग्गा उपहार दिने घोषणा !

हराएको कुकुर फिर्ता दिनेलाई घर र जग्गा उपहार दिने घोषणा !

केन्द्रबिन्दु
0
Shares

अमेरिका,

विश्व अनौठो छ । यहाँ हरेकदिन नयाँ नयाँ घटना भइरहेका हुन्छन् । यस्तै सुन्दा अचम्म लाग्छ तर सत्य हो । अमेरिकाको टक्सनमा गत अप्रिलमा एडी कोलिन्सको जेनी नामको कुकुर हरायो । चिहुवाहुवा प्रजातिको आफ्नो कुकुर हराएपछि एक व्यक्तिले प्रत्येक दिन कुकुरलाई खोजिरहे ।

जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधो गरे । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहार स्वरुप दिने घोषणा गरे गरेका छन् । ‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले भने, ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस् चाहन्छु ।’

जेनीको फोटो समोतका एडीको फोटो अहिले निकै भाइरल भइरहेको छ । यसमा लेखिएको छ, ‘के तपाईंले मलाई देख्नु भएको छ ? मलाई मेरो ड्याडीले खोजिरहनु भएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ । यदि म कहाँ छु भनेर तपाईंलाई थाहा छ भने मलाई सुरक्षित घर फिर्ता हुन सहयोग गर्नुहोस्, त्यसपछि सबै तपाईंको हुनेछ । मेरो नाम जेनी हो ।’

मानिसले कुकुरलाई कति धेरै माया गर्छन् भन्ने यो एउटा उदाहरण हो । कतै मानिसले आफूले पालेको कुकुरलाई नै बिहे गरेको समाचार पनि सुनिन्छ भने कतै कुकुरलाई आफूसँग राख्न नपाउँदा लोग्नेसँग डिभोर्स गरेको खबर पनि आउँछ ।

मान्छेको सबैभन्दा बढी माया पाउने जनावर भनेको पनि कुकुर नै हो । भाग्यमानी कुकुरहरु दुनियाँका करोडौँ गरीब मानिसहरुको भन्दा भव्य जीवनशैली बाँचिरहेका छन् । कुकुरलाई सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ । कुकुरलाई आफ्नो परिवारको एक सदस्यको रुपमा लिनेहरु पनि धेरै छन् । आफ्नो परिवारको सदस्य जतिकै गरेर बसेपछि जसले पनि कुकुरलाई धेरै माया गर्ने गर्छन् । यो यस्तै उदाहरण हो ।
एजेन्सी

Logo