बोको हरामको आक्रमणमा परी नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा कम्तीमा ६५ जना गाउँलेको मृत्यु भएको छ । बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले मानवीय संवेदना शून्य भएका आतंककारीले निर्दोष गाउँलेमाथि आक्रमण गरेको बताए । सरकार समर्थित स्थानीय सुरक्षा गार्डमा आबद्ध अब्बागाना अलिले आक्रमणमा मारिएका व्यक्तिको दाहसंस्कार भइरहेका समयमा समेत बोको हरामले आक्रमण गरेको जानकारी दिए ।
बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको थियो । बाडु मलाम क्यारिरी गाउँमा मात्र २६ जनाको हत्या भएको जनाएको छ ।
बोको हरामले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकदेखि आक्रमण जारी राखेको छ ।





























प्रतिक्रिया