लन्डन,
बेलायती महारानी एलिजाबेथले कञ्जरभेटिभ पार्टी दलको नेता बोरिस जोन्सनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।
प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । जोन्सनले बुधबारदेखि आफ्नो कार्यभार औपचारिक रुपमा सुरु गरेका छन् ।
६ सय ५० सदस्यीय बेलायती संसदमा कञ्जरभेटिभ पार्टीका ३ सय १३ छन् । प्रधानमन्त्री जोनसनले डियुपीको सर्मथनमा बहुमत भएको दावी वेलायती रानी समक्ष पेश गर्दै प्रधानमन्त्री भएका हुन् ।
जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै मंगलबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन् । बेलायती संचार माध्यमका अनुसार नवनियुक्त प्रधानमन्त्री जोनसनले आजै नयाँ मन्त्री नियुक्त गर्ने छन् ।
एजेन्सी





























प्रतिक्रिया