टर्कीलाई अमेरिकाले लडाकू बिमान नबेच्ने

टर्कीलाई अमेरिकाले लडाकू बिमान नबेच्ने

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकू बिमान एफ–३५ बिक्री नगरिने बताएका छन् । टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीले लडाकू बिमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं । हामी टर्कीलाई एफ–३५ लडाकू बिमान बेच्दैनौं ।” उनले टर्कीलाई अमेरिकी प्याट्रियोट क्षेप्यास्त्र प्रणाली बेच्न ओबामा प्रशासनले अस्वीकार गरेका कारण पनि टर्कीले रुसी हतियार खरिद गरेको दोषारोपण गरे ।

यसअघि अमेरिकी रक्षा मन्त्रालयले टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्नुमा ओबामा प्रशासन दोषी रहेको कहिल्यै बताएको थिएन ।

अमेरिकी रक्षा सहायक मन्त्री क्याटी ह्वीलबार्गरले गत साता जारी गरेको विज्ञप्तिमा अमेरिकाले टर्कीलाई प्याट्रियोट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहमत भएको उल्लेख छ । तर टर्कीले अमेरिकी प्रस्तावलाई स्वीकार नगरेको पनि क्याटीले बताएका छन् ।
एजेन्सी

Logo