किन एक घण्टा चलेन फेसबुक, इन्स्टाग्राम र थ्रेड्स ?

किन एक घण्टा चलेन फेसबुक, इन्स्टाग्राम र थ्रेड्स ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । मेटा प्लेटफर्म अन्तर्गटका फेसबुक, ईन्स्टाग्राम पुन: सुचारू भएका छन् ।

नेपाली समय करिब ९ बजेदेखि डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुन सञ्चालनमा आएको हो । ति प्लेटफर्महरु विश्वभर डाउन भएका थिए । यद्यपी मेटाले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।

अन्तर्राष्ट्रिय समाचार माध्यम अनुसार मेटालगायत गुगल र युट्युबसम्म केही समयका लागि बन्द भएका थिए । यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकेको थिएन, मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् । उनको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन् । 

यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय  अवरुद्ध भएको थियो । त्यस समयमा  फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो ।

Logo