एजेन्सी । भारतमा दाईजो प्रथा व्याप्त छ । जसको असर नेपालको तराई क्षेत्रमा पनि परेको छ । भारतमा दाईजोबीना छोरी चेलीको विवाह नै हुँदैन् । जसका कारण कैयौ गरिब परिवार आफ्ना छोरीहरुको विवाह गराउन सक्दैनन् ।
विवाहको बेला दाईजो दिएपनि पछि कम दाईजो ल्याएको भन्दै महिलामाथि कुटपिट गर्ने, यातना दिने र अन्तमा ज्यान नै गुमाउनुपर्ने अवस्था छ । दाईजोकै विषयमा एक महिलाका आफन्तहरुले ज्वाईलाई रुखमा बाँधेर कुटपिट गरेका छन् ।

बिहारस्थ्ति मुजफ्फरपुरको सुमेरा गाउँमा दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका हुन् । सुमेराका अवधेश कुमारलाई उनको ससुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको बताएका छन् ।
पटक पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाईँले बानी नसुधारेकोले कुटपिट गरेको ससूराले बताएका छन् । प्रहरीले दुवै पक्षसँग बयान लिएर घटनाको कारबाही अघि बढाइएको जनाएको छ ।





























प्रतिक्रिया