रुसमा सकियो आमनिर्वाचन, पुटिन राष्ट्रपतिमा कायम रहलान् ?

रुसमा सकियो आमनिर्वाचन, पुटिन राष्ट्रपतिमा कायम रहलान् ?

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। रुसमा आम निर्वाचन सम्पन्न भएको छ। अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ। रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको छ।

रुसी मिडिया रिपोर्टका अनुसार एक्जिट पोलले पुटिनले रुसी राष्ट्रपतिको रूपमा अर्को ६ वर्षको कार्यकाल पाएको देखाएको छ। अहिलेको चुनावमा युक्रेन युद्धको विरोध गर्ने कोही पनि चुनावमा उम्मेदवार बन्न पाएनन्।

सुरुमा ३३ जनाले रुसको राष्ट्रपतिको दौडमा दाबी गरेका थिए। १५ जनाले मात्रै आवश्यक कागजात पेस गर्न सकेका थिए। तर, अन्त्यमा चार जनाको मात्रै उम्मेदवारी कायम भएको थियो। जसमा भ्लादिमिर पुटिन, भ्लादिस्लाव डवान्कोभ, लियोनिद स्लुत्स्की र निकोले खारिटोनोभ रहेका छन्। पुटिनको तुलनामा अरु जम्म राजनीतिक भाषमा ‘डमी’ उम्मेदवारको रुपमा रहेका छन्।

३१ डिसेम्बर १९९९ मा बोरिस येल्तसिनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। त्यसपछि पुटिन कार्यवाहक राष्ट्रपति बने। पुटिनले मार्च २००० मा आफ्नो पहिलो चुनाव जितेका थिए।

२००४ मा, पुटिन दोस्रो पटक राष्ट्रपति निर्वाचित भए। संविधानअनुसार कोही पनि लगातार दुई कार्यकाल भन्दा बढी राष्ट्रपति बन्न पाउँदैन। यस्तो अवस्थामा पुटिनले सन् २००८ मा पद त्याग्नु परेको थियो। पुटिनले दिमित्री मेदवेदेवलाई आफ्नो उत्तराधिकारी घोषणा गरे र आफैं प्रधानमन्त्री भए।

मेदभेदेव सरकारले संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल चार वर्षको सट्टा ६ वर्ष तोकेको थियो। यसपछि पुटिन सन् २०१२ मा तेस्रो पटक र सन् २०१८ मा चौथो पटक राष्ट्रपति बनेका थिए। जुलाई २०२० मा पुटिनले एक विवादास्पद संवैधानिक संशोधन ल्याए, जसले उनलाई २०३६ सम्म राष्ट्रपति रहने बाटो खुला गरेको थियो ।

Logo