काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता भएको छ । आइतबार दिउँसो ट्रम्प र किमबिच दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड क्षेत्रमा भेटवार्ता भएको हो ।

ट्रम्प औपचारिक रुपमा पहिलो पटक उत्तर कोरिया प्रवेश गरेका हुन् । अमेरिकी राष्ट्रपति कार्यकालकै बेला उत्तर कोरिया प्रवेश गरेको यो पहिलो पटक हो । किमले ट्रम्पसँग हात मिलाउँदै भने ‘फेरि भेट्न पाउँदा खुशी लाग्यो । यो ठाउँमा भेट होला भनेर कहिले सोचेको थिइन ।’

यसपछि ट्रम्प र किम दुवै उत्तर कोरिया तर्फ आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प उत्तर कोरियामा प्रवेश गर्नु उच्च साहस र लगनको कार्य रहेको किमले प्रतिक्रिया दिएका छन् । दुई नेताबिच डिएमजेड क्षेत्रमा रहेको पानमुजोममा भेटवार्ता भएको हो ।





























प्रतिक्रिया