भारतमा बलात्कारविरुद्ध आवाज उठाउँदा दुई महिलाको कपाल मुण्डन गरिएको छ। कपाल मुण्डन गरिएकाहरु आमाछोरी हुन्।
यो घटना पन्जाब क्षेत्रको हो। कपाल मुण्डन गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइसकेको छ। अन्य पाँचको खोजीकार्य जारी छ।
प्रहरीका अनुसार घरमा पुरुष सदस्य नभएको मौका छोपी सात पुरुषहरु आमा र छोरीलाई बलात्कार गर्न घरमै छिरेका थिए । तर, जब उनीहरु चिच्याउन थाले। पुरुषका समूहले उनीहरुमाथि कुटपिट गरेर कपाल मुण्डन गरिदिए ।





























प्रतिक्रिया