मस्कोको सिटी हलमा आतंकवादी हमला, मृत्यु हुनेको संख्या १४३ पुग्यो

मस्कोको सिटी हलमा आतंकवादी हमला, मृत्यु हुनेको संख्या १४३ पुग्यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा राष्ट्रिय शोकको घोषणा पनि गरेकाे हाे।

पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरु सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा गरे। रुसले हालसम्म ११ जनालाई पक्राउ गरेको छ। जसमध्ये ४ जना आक्रमणकारी र ७ जनाले सघाइरहेको बताइएको छ। रुस–युक्रेन सीमाबाट पक्राउ परेका ११ जनालाई नै मस्को लगिएको छ।

रुसी मिडिया हाउस आरटीको रिपोर्टका अनुसार अनुसन्धान एजेन्सीहरूले आतंकवादी हमला पूर्ण योजना बनाएर भएको बताएको छ। उक्त घटनाको जिम्मेवारी आइएसआइएसले लिएको छ। सेनाको वर्दीमा लगाएका चार आतंककारीले अन्धाधुन्ध गोली चलाए, बम फालेर भागेका थिए।

पूर्व रूसी राष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषद्का उप–अध्यक्ष दिमित्री मेदवेदेवले रुसले रगतको बदला रगतको बदला लिने बताएका छन्। आतंककारीले आतंकको भाषा मात्र बुझ्छन्। जबसम्म बल प्रयोग गरी आतंकवादीहरूका परिवारसहित उनीहरूलाई कारबाही हुँदैन, अनुसन्धानको कुनै अर्थ छैन।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार मार्च ७ मा रुसस्थित अमेरिकी दूतावासले ठूलो हमला हुने चेतावनी दिएको थियो। दूतावासले उग्रवादीहरूले मस्कोमा एक संगीत कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको बताएको थियो। दूतावासले रसियामा रहेका अमेरिकी नागरिकलाई आगामी ४८ घण्टासम्म कुनै पनि ठूलो जमघटमा नजान आग्रह गरेको छ।

यसै क्रममा पुटिनले अमेरिकी दूतावासमा भएको आक्रमणको चेतावनीको निन्दा गरेका थिए। हाल ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले अहिले थप जानकारी दिन नसक्ने बताएका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनले हलमा रुसी रक ब्यान्ड पिकनिकको कन्सर्ट चलिरहेको बेला आक्रमण भएको थियो।

Logo