चिनियाँ प्रहरीले कम्बोडियाबाट फर्कायो ६८० जुवा घोटालाका संदिग्धलाई

चिनियाँ प्रहरीले कम्बोडियाबाट फर्कायो ६८० जुवा घोटालाका संदिग्धलाई

केन्द्रबिन्दु
24
Shares

बेइजिङ । चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले आइतबार प्रहरीले कम्बोडियाबाट जुवा खेल्ने र घोटाला गर्ने छ सय ८० भन्दा बढी संदिग्धलाई स्वदेश फर्काएको जनाएको छ।

दुई प्रहरी चार्टर्ड नागरिक उडानमार्फत एक सय ३५ संदिग्धको अन्तिम समूहलाई आइतबार मध्य चीनको हुबेई प्रान्तको राजधानी वुहानमा फिर्ता ल्याइएको छ।

यस वर्ष चीन र कम्बोडियाली प्रहरीले जुवा र ठगीसँग सम्बन्धित अपराधमाथि कारबाही गर्न संयुक्त अभियान सुरु गरेकोले यो वर्ष स्वदेश फिर्ता गर्ने कार्य पूरा भएको मन्त्रालयले जनाएको छ।

हालैका वर्षहरूमा चिनियाँ प्रहरीले सीमापार जुवा र टेलिकम घोटाला जस्ता प्रमुख अपराधविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिइरहेको छ।

यस वर्ष चिनियाँ प्रहरीले म्यानमा, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स लगायतका देशबाट हजारौं यस्ता संदिग्धलाई स्वदेश फिर्ता गरेको छ।

Logo