ट्रम्पसँगको वार्ता विफल भएपछि किमले दिए ५ अधिकारीलाई मृत्युदण्ड

ट्रम्पसँगको वार्ता विफल भएपछि किमले दिए ५ अधिकारीलाई मृत्युदण्ड

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना ५ अधिकृतलाई मृत्युदण्ड दिएको खुलेको छ । दक्षिण कोरियाको पत्रिका चोसन इल्बोका अनुसार ती अधिकारीलाई फायरिङ स्क्वाडको अगाडि राखेर गोलीले उडाइएको हो ।

मारिनेमा उत्तर कोरियाको अमेरिकास्थित विशेष प्रतिनिधि पनि छन्। रिपोर्टका अनुसार ट्रम्पसँगको बैठक तय गर्ने विशेष प्रतिनिधि किम ह्योक चोलले धोका दिएकोमा दोषी ठहर गरिएको हो।  भियतनाममा भएको दुई नेताको बैठकपछि चोल किमसँगै थिए। उनलाई एउटा एयरपोर्टमा विदेश मन्त्रालयका चार वरिष्ठ अधिकारीसँगै गोली हानेर मारिएको हो।

मारिएका अन्य अधिकृतको नाम खुलाएको छैन। किमले यसअघि आफ्ना काका तथा राजनीतिक गुरु भनिने जाङ्ग सान्ग थाएकलाई देशद्रोह र भ्रष्टाचारको मामिलामा गोली उडाइदिएका थिए ।  त्यसपछि किमले थाएककी पत्नीलाई पनि विष दिएर मारेका थिए । उनले आफ्ना पब्लिक सेक्युरिटी मन्त्री ओ सेन्ड-होनलाई पनि तोपले उडाएका थिए।

ट्रम्प र किम जोङ्ग उनबीच यसै वर्ष फेब्रुअरीमा भियतनामको हनोईमा वार्ता भएको थियो। दुई दिनसम्म चलेको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

Logo