उत्तिर्ण भएको प्रमाणपत्र पाउन १० वटा विरुवा रोप्नुपर्ने

उत्तिर्ण भएको प्रमाणपत्र पाउन १० वटा विरुवा रोप्नुपर्ने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । तपाई कुनै कक्षा उत्तिर्ण गर्नेविक्तिकै त्यसको प्रमाणपत्र पाउनुहुन्छ । तर फिलिपिन्समा भने उत्तिर्ण गरेर पनि प्रमाणपत्र पाईदैन् । त्यसको लागि १० वटा बोट बिरुवा रोप्नुपर्ने हुन्छ । वातावरणीय मामिलामा निकै कमजोर अवस्थामा रहेको फिलिपिन्समा त्यसलाई कम गर्न यस्तो व्यवस्था गरेको हो ।

त्यहाँका सरकारले अहिले देशलाई हराभरा बनाउँन निकै कोसिसमा लागि परेको छ । पर्यावरणलाई नै जोगाउनका निम्ति फिलिपिन्सले कुनै पनि शिक्षाको तह पास गरेका विद्यार्थीलाई पास गरेको प्रमाणपत्र दिदाँ १० वटा बोट-विरुवा सारेको हुनुपर्ने बनाएको हो ।

एलिमेन्ट्री स्कुल (कक्षा १ देखि ६) जुनियर हायर स्कुल (७ देखि १०) र सिनीयर हायर स्कुल (११ देखि १२), स्नातक तथा स्नातकोत्तर पासगरेपछि विद्यार्थीले १० वटा बोट-विरुवा सारेपछि मात्रै त्यो तह पास गरेको प्रमाणपत्र दिने नियम बनाएको हो ।

एक पुस्तामा ५२५ अर्ब विरुवा सारिनेछन् र त्यसमध्ये अर्को पुस्ताले करिब ५२ अर्ब मात्रै विरुवा पाउनेछन् । सारिका सबै बोट-विरुवामध्ये १० प्रतिशतमात्रै पुर्ण रुपमा हुर्कनेछन् ।

फिलिपिन्समा प्रत्येक वर्ष १ करोड ७५ लाख विद्यार्थी ग्रेजुएट हुन्छन् त्यसअनुसार अब प्रत्येक वर्ष १ सय ७५ लाख विरुवा रोपिनेछन् ।फिलिपिन्समा वनक्षेत्रको निकै संकट परेको छ । त्यहाँको लगभग ७० प्रतिशत वनक्षेत्र घटेर अब २० प्रतिशतमा झरेको जनाइएको छ ।

Skip This
Skip This
Logo