जहाजमै २४६ पोका कोकिन निलेपछि…

जहाजमै २४६ पोका कोकिन निलेपछि…

केन्द्रबिन्दु
0
Shares

जापानमा जहाजमै एक यात्रुको ज्यान गएको छ । मेक्सिको सिटीबाट उडेको विमानमा रहेका ती व्यक्तिले २४६ पोका कोकिन निलेकाले निधन भएको हो ।

उडो एन नाम गरेका ती व्यक्तिको कोकिनको ओभरजोडका कारण निधन भएको सरकारी अधिकारीले बताएका छन् ।

जापानको नारिताका लागि उडेको विमानले ती व्यक्तिले बेहोस भएपछि मेक्सिकोको सोनारामा आपतकालीन अवतरण गरेको थियो । कोलम्बियाको राजधानीबाट आएको विमानबाट उनी सो जहाजमा चढेका थिए ।

पोष्टमार्टमको क्रममा साढे दुई सेन्टिमिटर लामो र एक सेन्टिमिटर चौडाइ भएका कोकिनका पोकाहरु ती व्यक्तिको पेट र इनटेस्टाइनमा फेला परेको थियो ।

Logo