पेरुमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

पेरुमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । पेरुमा शक्तिशाली भूकम्प गएको छ । पेरुको उत्तर–मध्य क्षेत्र केन्द्रविन्दु भएर ८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार आइतबार बिहान पौने तीन बजेतिर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको गहिराई ११४ किलोमिटर रहेको छ । भूकम्पका कारण के–कति क्षति भयो भन्ने विवरण आएको छैन ।

Logo