आफ्नो कारण अरु उडान ढिलाई भएपछि मन्त्रीले दिईन् राजीनामा

आफ्नो कारण अरु उडान ढिलाई भएपछि मन्त्रीले दिईन् राजीनामा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । मेक्सिकोकी वातावरणमन्त्रीले पदबाट राजीनामा दिएकी छन् । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले पदबाट राजीनामा दिएकी हुन् ।

सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएको थियो । उक्त आलोचनापछि मन्त्री मेनाले मन्त्रीपदबाट राजीनामा दिएकी हुन् ।

मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै माफी माग्दै दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत गरेका छन् ।

राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिएका थिए ।

डिसेम्बरबाट राष्ट्रपति पद सम्हालेका ओब्राडोरले अघिल्ला राष्ट्रपतिले प्रयोग गर्ने गरेका विलासी जहाज प्रयोग नगरी आम नागरिकले झैं व्यवसायिक विमान प्रयोग गरिरहेका छन् ।

Logo