राजीनामा घोषणा गरेका अध्यक्ष गान्धीको राजीनामा अस्वीकृत भएको हो । "/>

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको राजीनामा अस्वीकृत

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको राजीनामा अस्वीकृत

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा अस्वीकृत गरेको छ । सम्पन्न लोकसभा निर्वाचनमा अपेक्षा अनुसार परिणाम नआएपछि राजीनामा घोषणा गरेका अध्यक्ष गान्धीको राजीनामा अस्वीकृत भएको हो । कांग्रेसको वर्किङ कमिटी बैठकले उनको राजनीनामा अस्वीकृत गरेको कांग्रेस नेता रणदीप सुरजेवालाले जानकारी दिए ।

निर्वाचनको प्रचारप्रसारका क्रममा आक्रमक ढंगले प्रस्तुत भएका राहुलको नेतृत्वमा यस पटकको लोकसभा निर्वाचनमा राम्रो परिणाम ल्याउने धेरैको अपेक्षा थियो । तर, राहुल गान्धी विरासतका रुपमा पाएको अमेठी लोकसभा सिटबाट पराजित भए । उनलाई मोदी क्याबिनेटमा मन्त्री रहेकी पूर्व अभिनेत्री स्मृति इरानीले पराजित गरिन् ।

नेहरु– गान्धी परिवारको राजनीतिक गढ मानिएको अमेठीबाट मात्र नभइ राहुलले यसपटक दुई स्थानबाट निर्वाचन लडे। उनले ‘सेफसाइड’ का रुपमा वायान्द लोकसभा क्षेत्रमा समेत प्रतिस्पर्धा गरेका थिए। त्यहाँबाट उनी विजयी हुँदै सांसद भने बनेका छन्।

सत्तारुढ भारतीय जनता पार्टी ३०३ सिटमा विजय हासिल गर्दा कांग्रेसले ५२ सिटमात्रै जितेको छ । त्यही पराजयपछि उक्त परिणामको नैतिक जिम्मेवारी लिदै अध्यक्ष गान्धीले राजीनाको घोषणा गरेका थिए । उनले राजीनामा दिँदा पार्टी फेरि कमजोर पर्ने भन्दै नयाँ रणनीति बनाएर अघि बढ्नुपर्ने अधिकांश नेताहरुको माग थियो ।

सोही अनुरुप उनीहरुले यसअघि नै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर अध्यक्ष गान्धीले पार्टीलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा राजीनामाको घोषणा गरेका थिए ।

राहुल गान्धीले कांग्रेस अध्यक्षबाट दिए राजीनामा, पार्टी सदस्यले मानेनन्

Logo