एजेन्सी । ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । अब उनले जुन ७ मा कन्जर्भेटिव पार्टीको नेतृत्वबाट राजीनामा दिनेछिन् । तर उत्तराधिकारी नआउँदासम्म उनी र्न प्रधानमन्त्री पदमा कायम रहनेछिन् ।
टेरिजा मेले डाउनिङ स्टीटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमत संग्रहको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिस गरेको बताइन्। उनले ब्रेक्जिटमा सफल हुन नसकेकोमा दुख लागेको बताइन्।
उनले ब्रेक्जिटको लागि समर्थन जुटाउन आफूले पूरा कोशिस गरेको तर अब नयाँ प्रधामन्त्रीले यसलाई अगाडि बढाउनु नै देशको हितमा हुने बताइन्।
राजीनामा घोषणाको क्रममा उनी भावुक भएर रोएकी थिइन्। उनले प्रधानमन्त्रीको रुपमा काम गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा गर्वको कुरा भएको बताईन्।





























प्रतिक्रिया