दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा

केन्द्रबिन्दु
42
Shares

भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा भएका छन् । शुक्रबार भारतको सर्वोच्च अदालतले केजरीवाललाएै अन्तरिम १ जुनसम्मका लागि जमानतमा रिहा गर्न आदेश दिएको हो ।

साथै दिल्लीमा २५ मेमा हुन लागेकाे लोकसभा चुनावमा उनले प्रचारप्रसार समेत गर्न पाउनेछन् ।

तर, २ जुनमा उनलाई आत्मसमर्पण गर्न समेत भनेको छ । केजरीवाल रिहा भएसँगै उनलाई दिल्लीको सरकारी कामकाजमा कुनै हेरफेर नगर्न समेत सर्वोच्चले आदेश दिएको छ ।

भ्रष्टाचारविरुद्ध चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट भएका केजरीवाल रक्सी घोटालाको गम्भीर आरोपमा ४० दिनदेखि तिहाड जेलमा थिए ।

Skip This
Logo