एजेन्सी । भारतमा मोबाइल भिडियो एप टिकटकमा सेलिब्रेटी बनेका एक युवकको गोली हानेर हत्या गरिएको छ । दिल्लीमा टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या गरिएको हो ।
जिम ट्रेनरको रुपमा कार्यरत मोहितलाई बन्दुकधारीले १३ पटक गोली हानेको भारतीय प्रहरीले जनाएको छ । मोहितको टिकटक अकाउन्टको भारतीय प्रहरीले अनुसन्धान थालेको छ । मोहितका टिक टकमा ५ लाख भन्दा बढी फलओर थिए ।
उनी आफ्नो फिट्नेस भिडियो टिक टकमा हाल्दै आएका थिए । दिल्लीको नजफगढ नजिकै साथीको फोटोकपी पसलमा उनीमाथि गोली प्रहार भएको थियो । पसलमा साथीसँगै सोफामा बसिरहेका बेला बाईकमा आएका तीन अज्ञात व्यक्तिहरुले उनीमाथि गोली बर्साएका हुन् ।





























प्रतिक्रिया