नामबाट ‘पिट’ हटाउन जोली र पिटकी छोरीद्वारा अदालतमा निवेदन

नामबाट ‘पिट’ हटाउन जोली र पिटकी छोरीद्वारा अदालतमा निवेदन

केन्द्रबिन्दु
9
Shares

लसएन्जल्स । हलिउडमा एक समय यस्तो थियो, जब एन्जेलिना जोली र ब्राड पिटको चर्चा हरेक ठाउँ हुन्थ्यो। उनीहरु हलिउडकै चर्चित र रुचाइएका जोडीमा पर्दथे। करिब १० वर्षसम्म सँगै रहेका यो जोडीले अलग्गिने निर्णय लिएपछि उनीहरुका फ्यानहरु दुःखी भएका थिए। अहिले आएर उनीहरुको छोरी शिलोहले आफ्नो नाम परिवर्तन गर्न माग गरेकी छन्।

शिलोहले आफ्नो नामबाट ‘पिट’ हटाउनका लागि लसएन्जल्स काउन्टी सुपेरियर कोर्टमा निवेदन दिएकी छन्। शिलोह नोवेल जोली–पिटले गत मे २७ मा कोर्टमा आफ्नो नाम फेरेर शिलोह नोवल राख्नका लागि निवेदन दिएकी हुन्।

२००६ मे २७ मा जन्मिएकी शिलोहको इन्स्टाग्राम प्रोफाइलबाट आफ्नो नामको पछाडिको ‘पिट’ हटाई माग्न उनले कोर्टमा निवेदन दिउकी हुन्। यसपछि उनले कानूनी रुपमा नै उपनाम परिवर्तन गर्ने निर्णय लिएकी छन्। शिलोहले आफ्नो १५ वर्षे बहिनी विविएनले आफ्नो नाम पछाडिको ‘पिट’ हटाएपछि यो निर्णय लिएकी हुन्।

जोली र पिटकी १९ वर्षकी छोरी जहरालाई उनको युनिभर्सिटीमा जहरा मालें जोलीका रुपमा चिनिन्छ। उनका नाममा पनि पिता ब्राड पिटको उपनाम छैन। अब शिलोह पनि आफ्नो बाँकी बहिनीको जस्तै नामबाट ‘पिट’ हटाउन चाहन्छिन्। शिलोह कानूनी रुपमा नाममा बद्लावका लागि निवेदन दिने जोली र ब्राडको पहिलो सन्तान हुन्।

ब्राड पिट र एन्जेलिना जोलीको भेट सन् २००४ मा फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’को सुटिङमा भएको थियो। त्यो समयमा ब्राड ‘फ्रेण्ड्स’ फेम जेनिफर एनिस्टनसँग वैवाहिक बन्धनमा थिए। तर जोलीसँग भेट भएपछि उनले जेनिफरबाट अलग्गिने निर्णय लिए।

लामो समयको डेटपछि उनीहरुले सन् २०१४ मा विवाह गरे र सन् २०१६ मा अलग्गिने निर्णय लिए।

Logo