अरविन्द केजरीवालमाथि थप्पड प्रहार

अरविन्द केजरीवालमाथि थप्पड प्रहार

केन्द्रबिन्दु
0
Shares

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि थप्पड प्रहार भएको छ ।

दिल्लीको मोतिनगरमा शनिबार केजरीवालमाथि एक युवकले थप्पड प्रहार गरेका हुन् । चुनाब प्रचारका क्रममा केजरीवालगाडीमा रहेका बेला एक युवकले गाडीमै चढेर केजरीवालमाथि थप्पड प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आम आदमी पार्टीले केजरीवालमाथि भएको आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)को संलग्नता रहेको आरोप लगाएको छ । केजरीवाल लोकसभा निर्वाचनका लागि पश्चिम दिल्लीबाट आम आदमी पार्टीका उम्मेदवार बलबीर सिंह जाखडको चुनावी प्रचारमा सहभागी थिए ।

Logo