श्रीलंकामा फेरि विस्फोट, कर्फ्यू आदेश

श्रीलंकामा फेरि विस्फोट, कर्फ्यू आदेश

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा शुक्रबार साँझ फेरि विस्फोट भएको छ । विस्फोटपछि प्रहरीले कर्फ्यू लगाएको छ ।  राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर कर्फ्यू लगाइएको थियो ।

त्यहाँ तीन विस्फोट भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख छ । विस्फोट गराउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीले गस्ती तथा खोजी कार्य तीब्र पारेको बीबीसीले जनाएको छ ।

गत आइतबार इस्टर सन्डे मनाइँरहँदा भएको श्रृखंलावद्ध विस्फोटमा परी २ सय ५३ भन्दा धेरैले ज्यान गुमाएका थिए । सोही शोकमा डुबेका बेला फेरि श्रीलंकाको पूर्वी प्रान्त अम्बारई भएको विस्फोटले स्थानीय त्रसित भएका छन् ।

आइतबारको घटनाका मुख्य योजनाकर्ता मानिएका जहरान हाशिमलाई त्यही क्षेत्रको एउटा गाउँमा भेटेको थियो ।

Logo