ब्राजिलको बाँध भत्किदा अझैपनि ३७ जना वेपत्ता

ब्राजिलको बाँध भत्किदा अझैपनि ३७ जना वेपत्ता

केन्द्रबिन्दु
0
Shares

ब्राजिल

ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अघि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ ।

ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले संसदीय अनुसन्धान नियोगलाई प्रकोपको कारण निर्धारण गर्न आदेश दिएको छ ।

सो प्रकोपको कारण निर्धारण अन्तिम प्रतिवेदनका लागि १२० दिनको समय दिइएको छ । मिनास गराइज राज्यको ब्रुमादिनहोमा सो बाँध रहेको थियो ।
(रासस /सिन्ह्वा)

Logo