भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा पनि बुधबार बिहानै भूकम्प गएको छ । करिब ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको छ। भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन।
नेपालमा पनि बिहानै काठमाडौंमा ११ मिनेटको अन्तरमा २ पटक भूकम्पको धक्का महसुस भएको छ। पहिलो धक्का बिहान ६ बजेर २९ मिनेटमा र दोस्रो ६ बजेर ४० मिनेटमा महशुस भएको छ।
दुवै भूकम्पको केन्द्र नौबिसे भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले पहिलो भूकम्पको तिब्रता ५.२ म्याग्नेच्ग्युड र दोस्रोको ४.३ म्याग्नेच्युड छ ।





























प्रतिक्रिया