कस्तो रह्यो भारतमा पहिलो चरणको निर्वाचन ?

कस्तो रह्यो भारतमा पहिलो चरणको निर्वाचन ?

केन्द्रबिन्दु
0
Shares

भारतमा आज पहिलो चरणको निर्वाचन सकिएको छ । १७ औं लोकसभा निर्वाचन अन्तर्गत आज विभिन्न २० राज्यका ९१ निर्वाचन क्षेत्रमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको हो । आज आन्ध्र प्रदेशका २५, तेलगंनाका १७, उत्तर प्रदेशका ८, महाराष्ट्रटका ७, असामका ५, बिहारका ४, उत्तराखण्डका ५, उडिसाका ४, पश्चिम बंगाल, अरुणाचल, मेघालय र जम्मू कश्मिरका दुई–दुई तथा छत्तीसगढ, लक्ष्यद्धीप, मणिप्र, मिजोरम, नागाल्याण्ड, त्रिपुरा र अण्डमान एण्ड निकोबार द्धीपका एक–एक सिटका लागि निर्वाचन भएको हो ।

निर्वाचनमा भोट हालेर निस्किएका अधिकांश युवाले भारतमा रोजगारीको समस्या रहेको र अब बन्ने नयाँ सरकारको पहिलो प्राथमिकता यहि हुनुपर्ने धारणा राखेका थिए । भारतमा सन् १९७० पछि सबैभन्दा बढी बेरोजगारी दर बढेको तथ्याङ सार्वजनिक भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीलो निर्वाचन अघि यो तथ्याङ लुकाएर राखेको आरोप पनि लागेको थियो ।

भारतमा पछिल्लो समय तनाव देखिएको जम्मु कश्मिरमा शान्त ढंगबाट निर्वाचन सम्पन्न भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मत खसाल्न सहज होस् भनेर भारतीय निर्वाचन आयोगले यसपटक निकै राम्रो तयारी गरेको छ । कोहीपनि मानिस मत खसाल्न दुई किलोमिटर भन्दा बढी हिंड्नु नपर्ने गरि मतदान स्थल बनाइएको छ ।

यसपटक भारतमा ९० करोडभन्दा बढी योग्य मतदाता रहेका छन् । यो निर्वाचन भारतीय इतिहासमा सबैभन्दा बढी खर्चिलो पनि भएको छ । निर्वाचन सम्पन्न हुँदा सम्ममा यसपटक ७ हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अब दोस्रो चरणको निर्वाचन अर्को साताको बिहिवार नै १३ राज्यमा ९७ सिटका लागि हुनेछ ।

Logo