विकिलिक्सका संस्थापक जुलियन लण्डनबाट पक्राउ

विकिलिक्सका संस्थापक जुलियन लण्डनबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन आसान्ज पक्राउ परेका छन् । बेलायत प्रहरीले बिहीबार लन्डनमा रहेको इक्वेडरको दुतावासबाट पक्राउ गरेको हो । वेष्टमिनिस्टर प्रहरीका अनुसार उनलाई अहिले हिरासतमा राखिएको छ । प्रहरीले जतिसक्दो छिटो अदालतमा पेस गरिने जनाएको छ ।

उनी सन् २०१२ देखि इक्वेडरको दुतावासमा शरणमा बसिरहेका थिए । स्वीडेनमा यौन दुर्व्यवहार मुद्दा लागेपछि उनी शरणमा बसिरहेका थिए ।

उनले अन्तर्राष्ट्रिय सन्धीहरुलाई लगातार उल्लंघन गरेपछि उनको शरण अन्त्य गरिएको इक्वेडरका राष्ट्रपति लेनीन मेरोनोले बताएका छन् । इक्वेडर दुतावासले उनको शरण अन्त्य भएको जानकारी गराएपछि बेलायत प्रहरीले दुतावासमै गएर उनलाई पक्राउ गरेको हो ।

Logo