मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः सुरु गर्ने पुटिनको धम्की

मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः सुरु गर्ने पुटिनको धम्की

केन्द्रबिन्दु
18
Shares

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने धम्की दिएका छन् ।

“यदि संयुक्त राज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ”, सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा उनले भने । उनले अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको बताए ।

राष्ट्रपति पुटिनले चेतावनी दिँदै भने, “हामी युरोप र विश्वका अन्य क्षेत्रमा अमेरिकाका उपग्रहहरूको गतिविधिहहरूलाई ध्यानमा राख्दै तिनीहरूको असर कम गर्न कदम चाल्नेछौँ ।”

पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत सङ्घले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो । तर वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लङ्घनको आरोप लगाए ।

पछि रुसले संयुक्त राज्य अमेरिकाले विदेशहरूमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन पुनः सुरु नगर्ने बताएको थियो । जुलाईको प्रारम्भमा वासिङ्टन र बर्लिनले जर्मनीमा टमहक क्रुज क्षेप्यास्त्रसहित लामो दूरीको अमेरिकी क्षेत्रप्यास्त्रको ‘एपिसोडिक तैनाथी’ सन् २०२६ देखि सुरु हुने घोषणा गरे ।

पुटिनले भने, “महत्त्वपूर्ण रुसी प्रशासनिक र सैन्य स्थल यस्ता क्षेप्यास्त्रहरूको सीमामा आउनेछन् जुन भविष्यमा आणविक हतियारले सुसज्जित हुनसक्छ , जस्तो कि आक्रमण सुरु भएको करिब १० मिनेटभित्र यी क्षेप्यास्त्र हाम्रो क्षेत्रमा हुनेछन् ।”

रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताए ।

Skip This
Skip This
Logo