पर्स भुलेकी महिलाको बिल प्रधानमन्त्रीले तिरिदिएपछि…

पर्स भुलेकी महिलाको बिल प्रधानमन्त्रीले तिरिदिएपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हाम्रो देशका प्रधानमन्त्री आउँदा पनि उच्च सुरक्षा सतर्कता अपनाईएको हुन्छ । सर्वसाधारण नागरिकले प्रधानमन्त्रीलाई भेट्ने कुरा त दिवा सपनाजस्तै हो । प्रधानमन्त्री आवतजावत गर्ने बाटो समेत सुरक्षाको कारण सर्वसाधारणलाई प्रयोग गर्न दिईदैन् । यस्तो सुरक्षाका बेला प्रधानमन्त्रीले सर्वसाधारणसँग कुराकानी गर्ने त कुरै भएन् । तर न्यूजिल्याण्डकी प्रधानमन्त्री भने यतिबेला चर्चामा छिन् ।

घरमा पैसा राखेको पर्स बिर्सिएकी एकजना महिलाको शपिङको बिल त्यहाँकी प्रधानमन्त्रीले तिरिदिएकी छिन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन आम जनताजस्तै गरी एउटा सपिङ मलमा शपिङ गर्न पुगेकी थिइन् ।

जसिन्डा जुन पसलमा सामान किन्न गएकी थिइन् सोही पसलमा अर्की एकजना महिलाले पनि सामान किन्दै थिइन् । ती महिलाले सामान किनिसकेपछि जब पैसा तिर्नका लागि पर्स खोज्न थालिन् तब पो थाहा पाइन् कि उनको पर्स घरमै छुटेको रहेछ ।

ती महिला निकै अत्तालिन थालिन् । तर त्यहीँ रहेकी प्रधानमन्त्री जेसिन्डाले ती महिलाको बिल बमोजिमको रकम आफै तिरिदिइन् । शपिङका लागि आएकी ती महिलालाई पसलको लाइनमा आफुभन्दा पछाडि प्रधानमन्त्री रहेको कुरा पत्तो थिएन ।

जब उनले पर्स भुलेका कारण पैसा तिर्न तिर्न नसकेर आत्तिने अवस्था आयो, तत्कालै प्रधानमन्त्री जेसिन्डा उनको पैसा तिरिदिन तम्सिएपछि मात्र उनी तिनछक परिन् । आफ्नो कर्तव्य पालनका कारण जेसिन्डा चर्चामा आएको यो पहिलोपटक होइन । उनी न्यूजिल्याण्डमा निकै लोकप्रिय प्रधानमन्त्री हुन् । उनी राष्ट्र प्रमुख भएको बेलामा बच्चा जन्माउने विश्वकै दोश्रो महिला पनि हुन् ।

Skip This
Skip This
Logo