जब एक बालक आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर अस्पताल पुगे…

जब एक बालक आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर अस्पताल पुगे…

केन्द्रबिन्दु
0
Shares

भारत
भारत मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस कुखुराको एउटा चल्ला किच्यो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो ।

इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा पुगे । जब त्यो तस्बिर फेसबुकमा पोस्ट भयो लगत्तै हजारौले सेयर गरे, जसमा सयौ प्रतिक्रिया जनाइयो । यो तस्बिर यतिखेर भारतका साथै धेरैतिर भाइरल बनेको छ ।
एजेन्सी

Logo