एजेन्सी । विवाह भएको ९ महिनाभन्दा पहिला सन्तान जन्मियो भने त्यसलाई आश्चर्य मान्ने गरिन्छ । त्यसलाई हाम्रो समाजले राम्रो मान्दैन । त्यसमा महिलाको चरित्रमाथि प्रश्न चिन्ह खडा गरिन्छ । तर अमेरिकामा एक जोडीको भने विवाह भएको १ घण्टामै बच्चा जन्मिएको छ । त्यो पनि एक नगरका मेयरले उनीहरुको विवाह गराईदिएका छन् । मेरी र गाबेले विवाह भएको एक घण्टापछि बच्चा जन्माएका हुन् ।
इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले बिहान सवा ८ बजे उनीहरु दुवै जनाको विवाह गराईदिए । अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।
त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् । उनले छोरीलाई जन्म दिईन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी गराएका छन् ।
उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।’





























प्रतिक्रिया