समलिंगी यौनसम्बन्ध राखे ढुंगाले हानेर मृत्युदण्ड दिईने

समलिंगी यौनसम्बन्ध राखे ढुंगाले हानेर मृत्युदण्ड दिईने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बु्रनाईमा समलिंगीहरुसँग यौन सम्बन्ध राखे मृत्युदण्डको सजाय हुने भएको छ । नयाँ बनेको ईस्ला िकानून अनुसार बु्रनाई सरकारले समलिंगी यौन सम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर मृत्युदण्ड दिने गरी नयाँ कानुन बनाएको हो ।

बुधबारदेखि लागु भएको कानुन अनुसार समलैंगिकतालाई मृत्युदण्ड पाउने अपराध ठहर गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले यसको चर्को आलोचना गरेका छन् । ब्रुनाइको समलिंगी समुदायले आपत्ति तथा आफूहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको छ ।

एक समलिंगी पुरुषले बिबिसीसँग भनेका छन्, ‘छिमेकी, परिवार तथा अरु सबैले हामीलाई मानिससम्म पनि नठान्ने भयो, र अब ढुंगाले हिर्काउने उक्साउने भयो ।’ ब्रुनाइमा यसअघि नै समलैंगिकता अपराध थियो र १० वर्षको जेल सजाय हुने व्यवस्था थियो ।

सन् २०१४ मा ब्रुनाइले इस्लामिक शरिया कानुन अपनाएको थियो । व्यापक विरोधका बाबजुद ब्रुनाई शरिया कानुन अपनाउने पहिलो पूर्वी एसियाली देश बनेको थियो । ब्रुनाइको सत्ता ७२ वर्षका सुल्तान हासनाल बोल्किहको हातमा छन् ।

नयाँ कानुन अनुसार बलात्कार, एडल्ट्री, एनल वा ओरल सेक्स, डकैती तथा मोहम्मदको निन्दा गरेमा मृत्युदण्डको सजाय हुनेछ । यस्तै गर्भपतन गराएमा सार्वजनिक स्थानमा लगेर कोर्रा हान्ने, चोरी गर्नेको हातगोडा काट्ने सजायको व्यवस्था गरिएको छ ।

Logo