भारतीय नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग

भारतीय नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेता विजय जोलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबारे जाचँबुझ गर्न एयरबस कम्पनीसँग माग गरेका छन् । नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन हुने गरी पाथीभरा नजिकै भएको हेलिकप्टर दुर्घटनाको स्थलगत जाँचमा हेलिकप्टर निर्माता एयरबस कम्पनीले गरेको वेवास्ता भन्दै नेता जोलीले आपत्ति जनाएका छन् ।

जोलीले दुर्घटनाको तत्काल जाँच गराउनुपर्ने माँग सहित दुर्इ पृष्ठको ज्ञापनपत्र शनिबार नयाँ दिल्लीस्थित एयरबस कम्पनीको कार्यकारी प्रमुखलाई बुझाएका छन् । ज्ञापनपत्रमा जोलीले २१ मे १९९७ देखि २७ फेब्रअुरी २०१९ सम्म नेपालमा एयरबसको कुल २२ वटा हेलिकप्टर दुर्घटनाग्रस्त भइसकेको र सयौं नेपालीहरुको निधनभएको प्रति कम्पनीको ध्यानाकर्षण गराए ।

‘दुर्घटना लगत्तै कम्पनीले तत्काल स्थलगत जाँच गराउनुपथ्र्यो तर एयरबसले यस्तो गरेन । यसले कम्पनीको गैर जिम्मेबारपनालाई दर्शाएको छ । नेपालका विशिष्ट (भिभिआइपि) व्यक्तिहरुको निधनपछि पनि एयरबसले जाँचको पहल गर्दैन भने आमनागरिकको सुरक्षाको सुनिश्चितता कसरी गर्न सक्छ ?’ दिल्ली स्टडी ग्रुपका अध्यक्षसमेत रहेका जोलीले प्रश्न उठाए ।

एक महिना बितिसक्दा पनि हेलिकप्टर निर्माता कम्पनीको पेरिसस्थित मुख्यालयले स्थलगत जाँचकालागि प्राविधिक टोली नपठाएको भन्दै जोलीले यसलाई आश्चर्यजनक र गैरजिम्मेबारपूर्ण भनेका छन् । उनले कम्पनीको रवैयालाई पीडादायी र अमानवीय भनेका छन् । यस्ता जाँचले भविष्यमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यून गर्न मदत गर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

गत फागुन १५ गते पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित सातजनाले ज्यान गुमाएका थिए ।

 

Logo