१३ वर्षे विद्यार्थीबाट गर्भवती बनेकी शिक्षिकालाई १० वर्ष जेल सजाय

१३ वर्षे विद्यार्थीबाट गर्भवती बनेकी शिक्षिकालाई १० वर्ष जेल सजाय

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । १३ वर्षीय स्कुले बालकसँग यौन सम्बन्ध राखेको आरोप एक शिक्षिकालाई १० वर्ष जेल सजाय तोकिएको छ । अमेरिकामा अलेक्जेन्ड्रा बेरा नाम गरेकी शिक्षिकालाई अदालतले उक्त सजाय सुनाएको हो ।

ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका २४ वर्षको उमेरमा स्कुले बालकबाट गर्भवती बनेको समाचारले निकै प्राथमिकता पाएको थियो ।

शिक्षिकाले आफ्नो ‘भाइ’ भन्दै ती बालकलाई घरमै पढ्न बोलाउँथिन् । सोही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध मार्फत यौन सम्पर्क हुने गरेको र उनी गर्भवती भएकी थिईन् ।

अभियुक्त शिक्षिकाले भने उनीहरु पाँच महिनासम्म सम्बन्धमा रहेको बयान दिएकी थिइन् । अमेरिकामा ‘टिनेजर’ को साथ यौन सम्बन्ध राख्नु गम्भीर अपराध मानिन्छ । त्यसो गरेमा १० देखि १५ वर्षको जेल सजायको व्यवस्था छ ।

Logo