एजेन्सी । पाकिस्तानमा दुई हिन्दु युवतीको अपहरण तथा जवरजस्ती धर्म परिवर्तनलाई लिएर बहस चलिरहेको छ । दुई युवती पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लाका हुन् । उनीहरुका बाबुको एक भिडियो सोसल मिडियामा भाइरल भएपछि अहिले निकै चर्चामा छ । यी दुई युवतीहरुको पनि भिडियो सोसल मिडियामा पोष्ट भएको छ । जसमा आफ्नै इच्छाले इस्लाम बनेको बताएका छन् ।
उनीहरु दुवै युवती नाबालिग नै रहेकाले उनीहरुले आफ्नै मनबाट यस्तो फैसला गर्न सके होलान ? यो गम्भीर प्रश्न छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सिन्ध र पञ्जाब प्रदेश सरकारलाई यसबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् । यो विषयलाई लिएर भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा पाकिस्तानका सूचनामन्त्री फव्वाद चौधरीबीच ट्वीटरमै आरोप प्रत्यारोप भएको छ ।
पाकिस्तानी सूचनामन्त्री चौधरीले पाकिस्तानको कानून कुरानमा आधारित भएपनि सबै धर्मावलम्बीहरुलाई सम्मान गर्ने बताए । उनले पाकिस्तानी झण्डामा रहेको सेता रंगले अल्पसंख्यकको प्रतिनिधित्व गर्ने बताए । अल्पसंख्यकहरुको लागि पाकिस्तानले सरकार कुनै भेदभाव नगरेको बताउँदैं त्यसको उदाहरण हालै हिन्दुबारे अपमानजनक शब्द प्रयोग गर्ने सिनियरमन्त्रीलाई पदबाट हटाउनु रहेको बताए ।
भारतीय विदेशमन्त्रीलाई अर्काको देशमा भन्दा आफ्नो देशमा रहेका अल्पसंख्यकबारे सोच्न आग्रह गरे । पाकिस्तानमा बसोबास गर्ने सबै नागरिकलाई समान अधिकार प्रदान गर्दै आएको उल्लेख गर्दै भारतले आफ्नो देशमा भएका अल्पसंख्यकहरुको स्थिति सुधार गर्न सुझाए ।





























प्रतिक्रिया