प्रधानमन्त्रीको आलोचना गर्दा एक युवती पक्राउ

प्रधानमन्त्रीको आलोचना गर्दा एक युवती पक्राउ

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको हो । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको छ ।

किरोनले प्रधानमन्त्री हसिनाले फुटबललाई वेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनको भनाइले देशभरका नागरिकलाई हतोत्साहित गरेको आरोप लगाइएको छ ।

उनलाई धरौटीको समेत अफर नदिई सिधै जेल पठाईएको छ । मानवअधिकारवादीले हसिनाले कडा कानुनको प्रयोग गरेको भन्दै आलोचना गरेका छन् । किरोनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटलाई विभेद गरेको आरोप लगाएकी थिइन् । व्यक्तिगत फाइदाका लागि प्रधानमन्त्री शेखले क्रिकेटलाई साथ दिएको बताएकी थिइन् ।

Logo