सुटकेसमा राखेर जीवित मानव भ्रुण तस्करी

सुटकेसमा राखेर जीवित मानव भ्रुण तस्करी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । मावन भ्रुण तस्करी गर्ने एक मलेसियन नागरिक भारतबाट पक्राउ परेकी छन् । मुम्बई विमानस्थलबाट जीवित मानव भ्रूणसहित पक्राउ परेकी मलेसियन नागरिकमाथि अनुसन्धान सुरु भएको छ । जीवित मानव भ्रूणसहित पक्राउ परपछि भारतले सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान शुरू गरेको हो ।

मार्च १६ मा एक मलेसियाली नागरिकले सुटकेसमा एक बट्टामा लुकाएर ल्याएको मानव भ्रूण फेला परेको थियो । पक्राउ परेको हवाई यात्रुले भारतमा पहिलो पटक मानव भ्रूण तस्करी गरेको बताउदैँ मुम्बईकै एक महँगो टेस्टट्युब क्लिनिकका लागि ल्याइदिएको बताएका थिए।

तर उक्त क्लिनिकले आफूलाई फँसाउने प्रयास भन्दै सो तस्करीमा आफ्नो संलग्नता नरहेको बताए । भारतीय प्रहरीले यसबारे थप अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।

Skip This
Skip This
Logo