भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामको अगाडि चौकीदार थपेका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नामका अघि ‘चौकीदार’ थपेका हुन् ।
मोदीले मात्रै होइन भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका छन्। भाजपाको चुनावलक्षित ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि सुरू हुँदैछ।
मोदीले आफूलाई देशको प्रधानमन्त्री नभई प्रधान चौकिदार भएको बताउँदै आएका छन्। त्यसपछि प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले ‘चौकीदार चोर हो’ भनेका थिए ।





























प्रतिक्रिया