जापानमा भूकम्प गयो

जापानमा भूकम्प गयो

केन्द्रबिन्दु
0
Shares

जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बुधबार १ः५३ बजे अपराह्न सो भूकम्प गएको हो  । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको छ ।

तोकुशिमानजिकै रहेको क्षेत्र बढी प्रभावित भई आएको यस भूकम्पलाई जापानको भूकम्प मापन क्षेत्रले भने ४ म्याग्नीच्युडको मात्र मापन गरेको जानकारी दिएको छ । भूकम्पबाट प्रभावित भएको यस इलाकालाई शिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ ।

हालसम्म यस भूकम्पछि मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।

Skip This
Skip This
Logo