मेक्सिकोको बारमा गोली चल्दा कम्तिमा १४ जनाको मृत्यु

मेक्सिकोको बारमा गोली चल्दा कम्तिमा १४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेक्सिको सिटी

मेक्सिकोका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागु औषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षाकर्मीले पुष्टि गरेको छ ।

रासस/सिन्ह्वा

Logo