गाजामा भएको झडपमा एकको मृत्यु, ४२ घाइते

गाजामा भएको झडपमा एकको मृत्यु, ४२ घाइते

केन्द्रबिन्दु
0
Shares

इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् ।

शुक्रबार मृत्यु हुने र घाइते हुने सबै जना प्यालेस्टिनी प्रदर्शनकारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुरक्षाकर्मीहरुले गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको मृत्यु भएको छ । गम्भीर घाइते भएका अराफातको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल क्वेद्राले जानकारी दिए ।

उनले इजरायली सुरक्षाकर्मीको गोली लागेर घाइते भएका ४२ जनामध्ये दुई जना महिला, १५ जना बालबालिका, चार जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि रहेको बताए ।
इजरायल–गाजा सीमा क्षेत्रमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच लामो समयदेखि हरेक सप्ताहान्तमा प्रदर्शन र झडप हुँदै आएका छन् ।

Skip This
Skip This
Logo