पाकिस्तानमा प्रतिबन्धित सङ्गठनका १२१ जना पक्राउ

पाकिस्तानमा प्रतिबन्धित सङ्गठनका १२१ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

इस्लामावाद

प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् ।

गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका सङ्गठनका व्यक्तिहरु पक्राउ परेको स्थानीय उर्दु टेलिभिजन सामाले जनाएको छ ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार पक्राउ परेका व्यक्तिहरु प्रतिबन्धित विभिन्न सङ्गठनमा निकै सक्रिय थिए । देशको सुरक्षा निकायले शङ्कास्पद र प्रतिबन्धित व्यक्तिहरुलाई पक्राउ गर्ने क्रमलाई तिव्रता दिएको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानमा जमात उड डावा, फलाह ए इन्सानीट फाउन्डेसन, जैश ए मुहम्मद (जेम) लगायतलाई प्रतिबन्ध लगाइएको छ ।
रासस/सिन्ह्वा

Logo