सेजोङ
दक्षिण कोरियाको प्रति व्यक्ति आय पहिलो पटक ३० हजार अमेरिकी डलर नाघ्ने भएको त्यहाँको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री होङ नाम–किले देशको प्रति व्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) २०१८ मा कोशे ढुंगा पार गर्ने बताएका छन् । यो सम्बन्धि प्रारम्भिक तथ्यांक केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
दक्षिण कोरिया विश्वको ३०–५० को समूहमा प्रवेश गर्ने सातौ मुलुक हुने भएको छ । यो मुलुकको जनसंख्या ५ करोड रहेको छ भने प्रति व्यक्ति आय ३० हजार डलर नाघ्ने भएको छ ।
यो वृद्धिलाई १९७० देखि यताको नाटकिय मानिएको छ । उक्त वर्षमा दक्षिण कोरियाको प्रति व्यक्ति आय केबल २५७ डलर थियो । सोमबार सरकारले दक्षिण कोरिया ६०० अर्ब डलरको निर्यातको तह पार गर्न सक्ने नीति सार्वजनिक गरेको थियो ।
गतवर्षको समान अवधिको तुलनामा फेब्रुअरीमा दक्षिण कोरियाको बाह्य ढुवानी ११.१ प्रतिशतले ओरालो लागेसँगै यो नीति सार्वजनिक गरिएको हो । मध्य एसियामा प्लान्ट परियोजना प्राप्त गर्नका लागि दक्षिण कोरियाली फर्मलाई समर्थन गर्नका लागि दक्षिण कोरियाले उज्बेकिस्तानको राजधानी तास्केन्तमा केन्द्र खोल्ने होङले बताए ।
एजेन्सी





























प्रतिक्रिया