काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता असफल भएको छ । भियतनामको हनोइमा भएको वार्ता असफल भएको हो । दुई नेताको वार्ताबाट कुनै पनि सम्झौता वा समझदारी हुन सकेन् ।
ह्वाइट हाउसले जनाए अनुसार यो वार्तामा कुनै सम्झौता नभएपनि दुवै देशले वार्ताको ढोका खुल्ला गर्ने भएका छन् । ‘यसपटक कुनै समझदारी भएन तर, उनीहरुको आआफ्ना टिमले भविष्यमा वैठकका लागि प्रयास गर्नेछन्,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच भियतनामको हानोइमा फेब्रुअरी २७ र २८ मा अत्यन्त राम्रो र सिर्जनात्मक छलफल भयो ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुई नेताबीचको छलफलमा आणविक निशस्त्रीत्रकरण र आर्थिक एजेन्डामा छलफल भएको थियो । यो वार्ताका लागि उत्तर कोरियाली नेता किम ४ हजार किलोमिटरको ट्रेन यात्राबाट भियतनाम पुगेका थिए ।





























प्रतिक्रिया