विश्व चर्चित ओलम्पिक खेलाडी मिसी भन्छिन्, ‘हिन्दु धर्म संसारकै उत्कृष्ट’

विश्व चर्चित ओलम्पिक खेलाडी मिसी भन्छिन्, ‘हिन्दु धर्म संसारकै उत्कृष्ट’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ओलम्पिक खेलमा पाँच गोल्ड मेडल विजेता मिसी फ्रेंकलिनले अघिल्लो बर्ष डिसेम्बरमा सन्यास लिने घोषणा गरेकी थिइन् । यो कुराले सबै जनालाई चकित तुल्याएको थियो । उनी पौडीकी खेलाडी हुन् ।

सन्यास लिएपछि उनले भनेकी थिईन्, ‘हिन्दु ग्रन्थको बारेमा पढेपछि मलाई मानसिक शान्ति मिल्छ ।’ ३ बर्षको मिसी फ्रेंकलिनले सन्यास लिएपछि मनोरञ्जनको लागि योगा क्लास सुरु गरेकी थिइन् । हिन्दु धर्मको बारेमा बुझेपछि उनको अध्यात्म तर्फ झुकाव हुन थाल्यो । उनी हाल जर्जिया विश्वविद्यालयमा धर्मको पढाई गर्दैछिन् ।

उनले १ बर्षदेखि धर्म सम्बन्धी पढाइ गरिरहेकी छन् । यो पढाईबाट धेरै आकर्षण र आँखा खोलिदिने खालको भएको उनको भनाई छ । उनी थप्छिन्, ‘मलाई विभिन्न संस्कृती, मानिस र उनको धार्मिक मान्यताहरुको बारेमा पढ्न एकदमै मनपर्छ ।’

लण्डन ओलम्पिकमा पाँच स्वर्ण पदक जितेकी उनी इसाई धर्मकी हुन् । तर उनको रुची हिन्दु र इस्लाम धर्ममा धेरै छ । उनी भन्छिन्, ‘यी दुई यस्तो धर्म हो, जसको बारेमा उनलाई धेरै थाहा नै थिएन । तर उनलाई यी धर्मको बारेमा पढेपछि थाहा भयो यी धर्महरु सबैभन्दा उत्कृष्ट छ ।’

पौडीबाजमा सफल उनी पढाईमा पनि अब्बल छिन् । उनलाई हिन्दु धर्मको बारेमा धेरै नै थाहा छ । उनलाई रामायण र महाभारतले धेरै आकर्षित गर्‍यो । उनको लागि यो नामै अपरिचित नै थियो । तर पनि उनी यी दुई धर्मग्रन्थ पढिरहेकी छिन् ।

Logo