रुसले गुगलमाथि किन लगायो विश्वकै कूल जीडीपी भन्दा बढी जरिवाना ?

रुसले गुगलमाथि किन लगायो विश्वकै कूल जीडीपी भन्दा बढी जरिवाना ?

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । रुसले गुगलमाथि विश्वमा रहेका मुलुकहरुको कूल जीडीपी जोड्दा पनि नपुग्ने रकम जरिवाना लगाएको छ ।

युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा रुसको एक अदालतले गुगलमाथि ठूलो परिमाणको जरिवाना तोकेको हो । जरिवानाको रकम यति धेरै छ हामीले सायदै सुनेका छौं होला, कि गन्न पनि गाह्रो ।

बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला सुनाएको छ । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २० अण्डसिलियन अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ ।

यो विश्वभरको कूल जीडीपी भन्दा पनि धेरै रकम हो । हो, यो रकम गुगलको पूरै सम्पत्ति बेच्दा पनि पुग्दैन । विश्वभरको कूल जीडीपी जोड्दा १०० ट्रिलियन डलर हुने अनुमान रहेको छ ।

गुगलविरुद्ध चार वर्षसम्म चलेको कानुनी लडाइँपछि रुसी अदालतले यति धेरै रकम जरिवानाको फैसला गरेको हो । गुगलले रुसका केही सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि रहेको थियो भने, रुसको राष्ट्रवादी भनिने च्यानल जारग्रेडलाई गुगलले युट्युबबाट हटाइएको थियो । जारग्रेड च्यानलका प्रमुखलाई अमेरिकाले प्रतिबन्ध समेत लगाएको थियो । त्यसपछि मिडियाहरुले गुगलविरुद्ध अदालतमा मुद्दा हालेका थिए ।

अब रुसी अदालतले गुगललाई प्रतिबन्ध लगाइएका च्यानललाई फुकुवा गर्न आग्रह गरेको छ । साथै जरिबाना रकम तिरिसकेपछि मात्रै रुसी बजारमा गुगललाई प्रवेश दिने जनाएको छ ।

Logo