हंगेरीमा महिलाले चार सन्तान जन्माए कहिल्यै कर तिर्नुनपर्ने

हंगेरीमा महिलाले चार सन्तान जन्माए कहिल्यै कर तिर्नुनपर्ने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्बनले आफ्नो देशमा घट्दै गरेको जनसंख्या बढाउने उद्देश्यले विभिन्न योजना अघि सारेका छन् । प्रधानमन्त्री अर्बनले महिलाहरुलाई चार सन्तान पाएको खण्डमा आयकर तिर्नु नपर्ने प्रावधान अघि सारेका हुन् ।

राज्यको नाममा सम्बोधन गर्दै महिलाका लागि यस्तो प्रस्ताव अघि सारेका हुन् । यस क्रममा उनले भनेका छन्, ‘चार सन्तान पाउनू, र कहिल्यै आयकर नतिर्नू १’
युरोपेली मुलुकमध्ये हंगेरीका प्रधानमन्त्री अर्बन आप्रवासनको सवालमा खुलेरै विरोध गर्ने नेताको रुपमा चिनिन्छन् । विशेषगरी मुस्लिम प्रभावी मुलुकबाट हंगेरी छिर्ने नागरिकका लागि कडा प्रावधान पनि छ ।

प्रधानमन्त्री अर्बनले आप्रवाशनको सट्टा आफ्नै मुलुकका जोडीलाई सन्तान बृद्धिका लागि प्रेरित गर्न नयाँ प्रस्ताव गरेका हुन् । युरोपमा बालबालिकाको संख्या नबढ्नुमा बसाइसराइ एक कारण भएको भन्दै आफूहरुले फरक तरिकाले सोच्ने प्रधानमन्त्री भिक्टोरले बताएका थिए । उनले सम्बोधनको क्रममा आफूहरु हंगेरियन बालबालिका नै चाहेको भन्दै यस्तो नीति अवलम्वन गरेको बताएका छन् ।

Logo