ट्रम्प र किमको दोश्रो भेटवार्ता तय

ट्रम्प र किमको दोश्रो भेटवार्ता तय

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच यहि महिना भेटवार्ता हुने भएको छ । वार्षिक स्टेट अफ द युनियन सम्बोधनको क्रममा ट्रम्पले यहि महिना (फेब्रुअरी) मै किम र आफ्नो भेटवार्ता हुने घोषणा गरेका हुन् ।

ट्रम्पले यो पटकको भेट भियतनाममा हुने बताएका छन् । भियतनाममा फेब्रुअरी २७ र २८ मा आफूहरुबिच वार्ता हुने तय भएको ट्रम्पले जानकारी दिएका हुन्। गएको वर्षको जुनमा किम र ट्रम्पबिच पहिलोपटक ऐतिहासिक भेटवार्ता भएको थियो । सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो ।

ट्रम्पले संघीय सरकारको कार्य सञ्चालन बजेटमा मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालका ५.७ बिलियन डलर रकम व्यवस्था गर्नु पर्ने अडान लिएका कारण बजेट पास नहुँदा काम प्रभावित भएको थियो । ट्रम्पले यसअघिका दुई सम्बोधनमा जस्तै यसपटक पनि राजनीतिक एकताका लागि आह्वान गरेका छन् ।

Logo