बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिमयुक्त देश म्यानमा

बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिमयुक्त देश म्यानमा

केन्द्रबिन्दु
33
Shares

जेनेभा (स्विट्जरल्यान्ड) । म्यानमा सन् २०२३ मा एक हजार ५२ नागरिकको हताहतको उच्च रेकर्डसहित बारुती सुरुङ खतराका लागि विश्वको सबैभन्दा जोखिम युक्त देश बनेको राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार म्यान्मामा बालबालीका लागि तुलनात्मक रुपमा अवस्था डरलाग्दो रहेको छ । सामाजिक सञ्जाल एक्समा राष्ट्रसङ्घीय समाचार सेवाले म्यानमा सबै भन्दा बढी पीडितहरूका साथ बारुती सुरुङ् खतराको मुख्य मुलुक भएको जनाएको छ ।

राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) तथा बारुती सुरुङ् प्रतिबन्धित गर्ने अन्तर्राष्ट्रिय अभियानको अध्ययनका अनुसार पनि म्यानमा बारुती सुरुङ तथा हतियार हताहतका लागि विश्वको सबैभन्दा घातक देश बनेको छ ।

पछिल्लो समयमा जुन्टाले देशव्यापी प्रतिरोधलाई दमन गर्न बारुती सुरुङ प्रयोग र प्रभाव दोब्बर बनाइरहेको म्यानमाका विशेष प्रतिवेदक टम एन्ड्रुज र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि हेबा हाग्रास विशेष प्रतिवेदकले बताएका छन् ।

बारुती सुरुङ प्रभावले म्यानमाका बच्चाहरूमा अधिक प्रभाव पारेको युनिसेफको तथ्याङ्कलेसमेत प्रमाणित गरेको छ । भने घर, विद्यालय, खेल मैदान ,कृषि लगायतका क्षेत्रमा हतियारहरू अन्धाधुन्ध राखिनाले बालबालिका लागि निरन्तर जोखिम बढेको जनाइएको छ । -एएनआई

Logo