इस्लामाबाद पुगे इमरान खानका समर्थक, सरकारले बोलायो सेना

इस्लामाबाद पुगे इमरान खानका समर्थक, सरकारले बोलायो सेना

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का कार्यकर्ताहरूले पाकिस्तानमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले खानलाई रिहा गर्नुपर्ने माग राखेका छन् ।

सोमबार पीटीआईका कार्यकर्ता इस्लामाबादको सीमामा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी–चोक पुग्नु हो ।

उनीहरूलाई रोक्न सुरक्षा व्यवस्था कडा पारिएको सरकारी अधिकारीहरूले बताएका छन् । उता प्रदर्शनकारीहरू त्यसलाई बेवास्ता गर्दै अघि बढिरहेका छन् । इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानून र व्यवस्था बहाल गर्न सेना बोलाएको छ।

यसै वर्षको जनवरीमा इस्लामावादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो । यसबाहेक २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ ।

Skip This
Skip This
Logo